दफा ३२
कारागार बाहिर जान दिन सकिने
कैदको सजाय पाई कारागार भित्र कैद भुक्तान गरिरहेको कैदीलाई देहायको अवस्थामा कारागारले कारागारबाट आवश्यक सुरक्षाका साथ बाहिर जाने अनुमति दिन सक्नेछः-

(क) नजिकको नातेदार बिरामी भएमा सोही दिन फर्केर आउने गरी त्यस्तो बिरामीलाई भेट्न,

(ख) आफैँले सदगत वा काजक्रिया गर्नु पर्ने नातेदारको मृत्यु भएमा तोकिएको

दिन फर्कने गरी सदगत वा काजक्रिया गर्न ।